बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हातहतियार खरखजाना मुद्दामा पक्राउ परेका नेकपा नेता यादव रिहा

हातहतियार खरखजाना मुद्दामा पक्राउ परेका नेकपा नेता यादव रिहा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- हातहतियार तथा खरखजाना मुद्दामा जनकपुरबाट मंगलबार अपरान्ह पक्राउ परेका नेकपा नेता श्याम यादव धरौटीमा रिहा भएका छन्। माओवादी केन्द्रका तत्कालीन पोलिटब्युरो सदस्यसमेत रहेका यादव जिल्ला प्रहरी कार्यालय परिसरबाटै पक्राउ परेका थिए।

यादवलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले ६५ हजार धरौटीमा रिहा गरेका हुन्। ६-७ घण्टा प्रहरी नियन्त्रणमा रहेका यादवलाई जिल्ला प्रशासन कार्यालय लगेर बयान लिइएको थियो। यादव प्रहरीको खोजी सूचीमा थिए।

प्रतिनिधिसभा निर्वाचनको बेला १० मंसिर २०७४ मा सिरहाको कल्याणपुर-५ मा सुरक्षाकर्मीमाथि गोली प्रहार भएको थियो। मोटरसाइकलमा सवार भएका व्यक्तिहरुले गोली प्रहार गर्दा प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुशवाहा घाइते भएका थिए।

गोली प्रहार घटनामा पक्राउ परेका शिवकुमार यादव, मनोज राउत अमात, सुरेन्द्रकुमार रायले आफ्नो बयानमा हतियार माओवादी नेता यादवले उपलब्ध गराएको बताएको थिए। 

त्यसपछि प्रहरीले यादवलाई फरार सूचीमा राखेर मुद्दा अगाडी बढाएको थियो। पक्राउ परेकाहरुको बयानको आधारमा माओवादी नेता यादवलाई मंगलबार पक्राउ गरिएको थियो। उनी गृहमन्त्री रामबहादुर थापा बादल निकट मानिन्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।