शुक्रबार, कात्तिक २८, २०८२

यातायात कार्यालयबाटै सवारी ट्रायल सेन्टर अनुगमन

सवारीचालक परीक्षामा अनियमितता बढेपछि त्यसलाई रोक्न यातायात कार्यालयबाटै ट्रायल सेन्टर अनुगमन गर्न लागिएको हो।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

काठमाडौं– अबदेखि यातायात व्यवस्था कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन गरिने भएको छ।

National life

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमती ललितपुरले एकान्तकुनामा हुने सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा कार्यालयबाटै सिसीटिभीमार्फत अनुगमन गर्ने व्यवस्था गरेको हो।

कार्यालय प्रमुख अच्युतराज रेग्मीले सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षालाई थप मर्यादित र पारदर्शी बनाउन कार्यालयबाटै ट्रायल सेन्टर अनुगमनको व्यवस्था गरिएको जानकारी दिए।

‘यसअघि ट्रायल सेन्टरबाट मात्र अनुगमन गर्ने व्यवस्था थियो। अहिले कार्यालयबाटै अनुगमन गर्ने व्यवस्था गरेका छौं। यसले सेवा प्रवाहमा सहज भएको छ’, उनले भने।

कार्यालयले अहिले दैनिक १ हजार ५०० देखि २  हजारसम्म सेवाग्राहीलाई सेवा दिँदै आएको छ। सवारी अनुमतिपत्रको दर्ता, नवीकरण र राजस्व संकलन गर्दै आएको उक्त कार्यालयमा दैनिक भीडभाड हुँदै आएको छ।

Laxmi sunrise bank
kumari

सवारी अनुमतिपत्र वितरण गर्दा उक्त कार्यालयले नागरिकता, फोटो र प्रवेशपत्र भिडाएर दिने गरेको छ। सिसीटिभी जडान, नागरिकता, फोटो र प्रवेशपत्र भिडाएर सवारी अनुमतिपत्र वितरण गरेसँगै नतिजा तोडमोड गर्ने परम्पराको अन्त्य भएको कार्यालयले दाबी गरेको छ।

यस्तै, सवारीसाधन अनुमतिपत्रको ट्रायल परीक्षा दिनेबित्तिकै पास/फेल भएको नतिजालाई कार्यालयले तुरुन्तै वेबसाइटमा राख्दै आएको छ। सोही कारण आफू पास वा फेल भएको तत्कालै थाहा पाउन सकिन्छ। कार्यालय प्रमुख रेग्मीले भीडभाड हुने यातायात कार्यालयमा सेवाग्राहीको अनुपातमा कर्मचारी दरबन्दी कम भएको बताए।

उक्त कार्यालयमा हाल स्थायी ३४ र करारमा ११ कर्मचारी कार्यरत छन्। यस्तै, कार्यालय सहयोगी १८ जना छन्। स्थायीमध्ये पनि १० कर्मचारी कार्यालयमा नभएका कारण काममा समस्या हुने गरेको कार्यालय प्रमुख रेग्मीको भनाइ छ। विगतमा बिग्रेका अभिलेखका कारण काममा समस्या भएको कार्यालयले जनाएको छ।

प्रकाशित: Jun 18, 2022| 11:29 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।