शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीमा बजेटमाथि छलफल सुरु : हचुवामा बजेट ल्याएको विपक्षी आरोप

लुम्बिनीमा बजेटमाथि छलफल सुरु : हचुवामा बजेट ल्याएको विपक्षी आरोप

शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर आन्तरिक आम्दानी बढाउने लक्ष्य बजेटमा राखिएको प्रदेश अर्थमन्त्री खड्काको दाबी।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

बुटवल- लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल सुरु भएको छ। आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको हो। 

National life

प्रदेशसभामा आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु गर्दै  सरकारले ल्याएको बजेटले प्रदेशको समृद्धिमा टेवा पुग्ने बताए। 

शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राख्दै आन्तरिक आम्दानी बढाउने लक्ष्य बजेटमा राखिएको उनले जानकारी दिए। विकासलाई नमुनाका रूपमा अघि बढाउने र आर्थिक वृद्धिदर ७.७ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको उनको भनाइ छ।

मन्त्री खड्काले सामाजिक सुधार अभियानलाई प्राथमिकता दिँदै रोजगारीको अवसर बढाएर समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनी बनाउने दृढता बोकेको बताए। 

छलफलमा विपक्षी नेकपा एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले सरकारले हचुवा पारामा बजेट ल्याएको आरोप लगाए। उनले आन्तरिक आम्दानीको स्रोत अनुमानमा आन्तरिक ऋण लिइने भनेर १ अर्ब राखेको भन्दै कानुन नबनी ऋण लिन नपाइने कुरा अर्थमन्त्रीले नबुझेकामा आश्चर्य प्रकट गरे। 

Laxmi sunrise bank
kumari

‘यो हिसाब जोड्दै जाँदा बाँकी रहेको १ अर्बलाई ऋण उठाउने भनेर लेखेजस्तो, केटाकेटी खेलेजस्तो छ,’ पूर्वअर्थमन्त्रीसमेत रहेका चौधरीले भने, ‘बिनाअध्ययन र तथ्यबिना बजेट ल्याइएको छ।’ 

उनले बजेटमा क्रमागत योजनालाई प्राथमिकता नदिइएको दाबी गरे। कुनै पनि योजना र अध्ययनबिना साना योजना ल्याइएकाले त्यसले सरकारको काम नदेखिने उनको भनाइ छ। 

प्रदेशसभामा सांसदहरू रमा अर्याल, तुल्सी चौधरी, भोजप्रसाद श्रेष्ठ,  बैजनाथ कलवारले बजेट कार्यान्वयनमा जोड दिए।  शुक्रबार नै बसेको अर्को बैठकले आर्थिक वर्ष २०७९/८० सेवा र कार्यका लागि  प्रदेश सञ्चित कोषबाट केही रकम खर्चन  र विनियोजन गर्न बनेको विधेयक प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

बजेट खर्चको प्रस्तावमाथि मन्त्रालय छलफल भने असार १० गतेबाट सुरु हुनेछ। अर्को बैठक असार १० गते शुक्रबार बिहान ११ बजे बस्ने सभामुख पूर्ण घर्तीले जानकारी दिए।

प्रकाशित: Jun 17, 2022| 20:05 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।