मंगलबार, चैत १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • पहिरोमा परी ताप्लेजुङमा दुई जनाको मृत्यु, सेनाको हेलिकोप्टरद्वारा घाइतेको उद्धार

पहिरोमा परी ताप्लेजुङमा दुई जनाको मृत्यु, सेनाको हेलिकोप्टरद्वारा घाइतेको उद्धार

ताप्लेजुङको सिरिजंघा गाउँपालिका -७ खेवाङमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। तुलसा अधिकारी र यसोधा अधिकारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिका -७ खेवाङमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। तुलसा अधिकारी र यसोधा अधिकारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

National life

पहिरोमा परी भागेर ज्यान जोगाउन सफल भएका विष्णु घाइते छन्। उनलाई उपचारका लागि विराटनगर लगिएको छ। विष्णु तुलसाका छोरा हुन् भने यसोदाका श्रीमान् हुन्। 

घाइते विष्णुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरको कोसी अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। उनको पेट, अनुहार र टाउकोमा चोट लागेको छ। 

घटनास्थलबाट अन्य शवसमेत निकालिएको र हेलिकप्टरमै  राखेर शव परीक्षणका लागि सदरमुकाम फुङलिङमा पुर्‍याइएको थियो।घरमा तीन जना मात्रै बस्दै आएका थिए। परिवारका अन्य सदस्य भने झापास्थित घरमा बस्दै आएका छन्।

यता पहिरोकै कारण यहाँका दर्जनौँ घरपरिवार जोखिममा परेका छन्। रातभरको वर्षाका कारण कतिपयले छरछिमेकको घरमा रहेर रात कटाएका थिए। खेवाङसहित जिल्लाका विभिन्न ठाउँमा झरेको पहिरोले ठूलो क्षति पुर्‍याएको र क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए। 

kumari

प्रकाशित: Jun 17, 2022| 15:51 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।