बिहीबार, असार ३२, २०८३

म्याग्दीको जंगलमा बम विस्फोट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
म्याग्दी- म्याग्दीको सदरमुकाम बेनीबाट तीन किलोमिटर टाढा रहेको रत्नेश्वर जंगलमा प्रेसर कुकर बम विस्फोट भएको छ। सोमबार दिउँसो भएको विस्फोटमा कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ। 

विस्फोटमा संलग्नको खोजी कार्य भइरहेको म्याग्दीका प्रहरी नायब उपरीक्षक विर बहादुर बुढामगरले जानकारी दिए।

उनले भने, 'विस्फोट कसले गराएको भन्ने कुनै प्रमाण भेटिएको छैन। तर, आज नेत्र विक्रम चन्द विप्लव समूहको बन्द र विभिन्न ठाउँमा विप्लवले बम विस्फोट गराइरहेकोले विप्लव समूहकै संलग्नता रहेको हुनसक्छ।'
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।