मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बामदेवले भने– कम्युनिष्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा फेरि लाग्छु

बामदेवले भने– कम्युनिष्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा फेरि लाग्छु

राष्ट्रियसभाका सांसद बामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन्।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

काठमाडौं– राष्ट्रियसभाका सांसद बामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन्।

केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना पनि सुनाए। 

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन नेकपाका सचिवालय सदस्यसमेत रहेका सांसद गौतमले कम्युनिष्ट पार्टीहरुलाई एकीकृत गर्नका लागि नै आफूले कुनै पनि नेताहरुको बारेमा टिकाटिप्पणी नगरेको स्पष्ट पारे। नेपाललाई एउटा समृद्ध समाजवादमा पुर्याउने आशासहित गठन भएको नेकपा पार्टीभित्रको आन्तरिक समस्याका कारण ३ वटा टुक्रामा विभाजित भएको उल्लेख गर्दै उनले भने,  ‘केही समयदेखि म नेपालको कुनै पनि पार्टीमा छैन। र, मेरो विचार कम्युनिष्ट पार्टीहरु फेरी एकजुट हुनुपर्छ भन्ने हो। त्यसो भएर मैले कुनै नेताको बारेमा टिकाटिप्पणी पनि गरेको छैन । र, आफ्नो जीवनमा सधैंभरी क्रिटिकल व्यक्ति हुँ। मैले पुष्पलालको पनि आलोचना गरेँ ।

मैले मदन भण्डारीको पनि आलोचना गरेँ, जिवराज आश्रितको पनि आलोचना गरेँ। म जोजोसँग सम्बन्धित भएको छु– उहाँहरुसँग सैद्धान्तिक, राजनीतिक बहस हुँदाहुँदै आएको हो। र, म त्यसैमा दीक्षित भएँ। हामीले एउटा ऐतिहासिक अवसर प्राप्त गरेका थियौं। नेपाललाई साँच्चिकै एउटा समृद्ध समाजवादमा पुर्याउने, त्यसको निम्ति औजारको आवश्यकता पर्छ र त्यो औजार राजनीतिक रुपले नेकपा कम्युनिष्ट पार्टी (नेकपा)मात्रै हुन सक्थ्यो। र, अब त्यो हुन्छ भनेर हामीलाई ज्यादै खुसी लागेको थियो। र, जनतालाई पनि त्यसले खुसी बनाएको थियो। तर दुर्भाग्यवश पार्टीभित्र उत्पन्न समस्याहरुले हाम्रो पार्टी विभाजित हुन थयो। आज त्यो पार्टी विभाजित भएर तीन वटा टुक्रामा पुगेको छ। र, म फेरि एकीकृत गर्ने, म फेरी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने एउटा महाअभियानमा संलग्न हुने विचार गरेको छु।

पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले नेकपा गठनपछि जनता खुसी भएको तर पार्टीभित्रकै उत्पन्न समस्याहरुले सो पार्टीलाई विभाजित गरेको पनि स्मरण गराए।

प्रकाशित: Jun 17, 2022| 13:18 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...