सोमबार, असार ८, २०८३

एसपीपीमा सुशील कोइरालालाई मुछिएकोमा आपत्ति

सत्तारुढ दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रस्ताव गर्ने काममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई मुछ्ने काम गरिएको भन्दै खेद व्यक्त गरेका छन्।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रस्ताव गर्ने काममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई मुछ्ने काम गरिएको भन्दै खेद व्यक्त गरेका छन्।

National life

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्थले कोइराला प्रधानमन्त्री भएको बेला हुँदै नभएको सो प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुछ्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन्।

कोइरालाजस्तो निष्ठावान नेतालाई सो प्रस्तावमा मुछेर एमालेले जनतालाई भ्रमित पार्ने कोसिस गरिरहेको उनको दावी थियो। सांसद पन्थले सो प्रस्ताव केपी ओली नेतृत्वको सरकारले अघि बढाएको जिकिर गर्दै ‘आफैं धामी, आफैं झाँक्री’को जस्तो व्यवहार नगर्न पनि प्रमुख प्रतिपक्षी एमालेलाई चेतावनी दिए।

सांसद पन्थले एमालेले सो प्रस्तावको विषयमा प्रतिक्रिया दिँदासमेत कूटनीतिक मर्यादा कायम राख्न नसकेको भन्दै आपत्ति जनाए।


प्रकाशित: Jun 17, 2022| 12:19 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...