सोमबार, असार ८, २०८३

एसपीपीबारे प्रधानमन्त्रीलाई सजग गराउनुपर्छ : भुसाल

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने बताएकी छन्।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

काठमाडौं– नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने बताएकी छन्।

National life

शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा उनले प्रधानमन्त्री देउवाको भ्रमणअघि उनलाई एसपीपी कार्यक्रमको विषयमा संसदीय समितिहरूले सजग पार्नुपर्नेमा समेत जोड दिएकी हुन्।

उनले भनिन् ‘एसपीपी कार्यक्रमबारे कसको पालामा के भयो र कसको सहभागिता भयो भन्ने कुरा भन्दा पनि यसलाई साझा रूपमा लिनुपर्छ। नेपाल सरकारले कुनै पनि विषयमा सम्झौता गर्दा नेपालको असंलग्न परराष्ट्र नीति अन्तर्गत रहेर गर्नुपर्छ।’  तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले लेखेको पत्रप्रति टिप्पणी गर्दै उनले यसमा तत्कालीन सरकारको समेत भूमिका रहेको बताइन्।

‘अहिले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणलाई भ्रमपूर्ण बनाउँदा हाम्रो विदेश नीति झन् कमजोर हुन्छ। हाम्रो परराष्ट्रनीति एउटा सरकार आउँदा एकथरी र अर्को सरकार आउँदा अर्कोथरी हुनु हुँदैन,’ उनले भनिन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाले एसपीपी कार्यक्रममा कुनै सम्झौता हुँदैन भनेर भनिसकेपछि यसबारे भ्रम फैलाउन नहुने उनको भनाइ थियो।

Shivam cement

एसपीपीको विषय विवादित भएपछि संसदीय समितिले परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई छलफलका लागि बोलाएको हो।

प्रकाशित: Jun 17, 2022| 12:16 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...