सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एसपीपीबारे संसदीय समितिमा के भने परराष्ट्रमन्त्री र प्रधानसेनापतिले?

एसपीपीबारे संसदीय समितिमा के भने परराष्ट्रमन्त्री र प्रधानसेनापतिले?

परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीको ‘च्याप्टर क्लोज’ भइसकेकाले अब यसलाई थप नखोतल्न आग्रह गरेका छन्।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

काठमाडौं– परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीको ‘च्याप्टर क्लोज’ भइसकेकाले अब यसलाई थप नखोतल्न आग्रह गरेका छन्। प्रतिनिधिसभा अन्तराष्ट्रिय समितिको बैठकमा आज उनले एसपीपीबारे सांसदहरुलाई प्रष्टीकरण दिँदै यो सम्झौता अघि नबढ्ने बताए।

National life

मन्त्री खड्काले भने, ‘हामी सबैले एक या अनेक तरिकाले यसलाई खोतल्नु आवश्यक छैन। यो नगर्ने भनेपछि च्याप्टर क्लोज भइसकेको छ। प्रधानमन्त्रीले हुँदैन भनेपछि र मैले पनि यसलाई अन्त्य गर्छौं भनेपछि थप खोतल्न कोट्याउन हुन्न।’

बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले एसपीपी कार्यक्रम नेपाली सेनालाई मान्य नभएको स्पष्ट पारे। शर्माले एसपीपी नआएको र आए पनि मान्य नहुने बताए।

उनले भने, ‘एसपीपी कुनै हालतमा हाम्रो काम हैन। एसपीपी हाम्रो लागि मान्य पनि छैन।’ बाहिर डकुमेन्ट सार्वजनिक भएपछि क्रिया–प्रतिक्रिया आउनु स्वाभाविक भए पनि अब त्यसमा बिराम लगाउनुपर्ने उनले सुझाव दिए।

सुरुमा मानवीय सहयोगका लागि कुरा आएकोले पत्राचार भएको उनको भनाइ थियो। शर्माले भने, ‘मानवीय सहयोगका लागि चिठी लेखेको हो, सैन्य गठबन्धनमा जाने भएपछि हामी जाने होइन,’ उनले भने।

Shivam cement

एसिया प्यासिफिक क्षेत्र हेर्ने अमेरिकी सैनिक जर्नेल फ्लिनलाई पनि सैन्य गठबन्धनमा नजोडिने स्पष्ट भाषामा भनिएको प्रधानसेनापति शर्माले बताए।

एसपीपीबारे विभिन्न कुराहरु बाहिर आएपछि संसदीय समितिले परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई बैठकमा बोलाएको हो। दुवैले सांसदहरुका प्रश्नको जवाफ दिएका थिए। 

प्रकाशित: Jun 17, 2022| 10:28 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...