मंगलबार, साउन २६, २०८३

एसपीपीको च्याप्टर क्लोज भइसक्यो : परराष्ट्रमन्त्री खड्का

जवाफ दिन उपस्थित भएका मन्त्री खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन्।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

काठमाडौं- अमेरिकी सैन्य सहकार्य स्टेट पार्टनरसिप प्रोग्रामका विषयमा छलफल गर्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका छन्। जवाफ दिन उपस्थित भएका मन्त्री खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन्। 

उनले अब यो अघि बढ्न नसक्ने बताएका छन्।  'अब अघि बढ्न सक्दैन,' खड्काले भने, 'यो नेपालको हितमा छैन। एसपीपी नेपाललाई स्वीकार्य छैन' मन्त्री खड्काले भने। बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले नेता इश्वर पोखरेल, सभापति पवित्रा निरौला खरेल लगायतको उपस्थिति रहेको छ।

प्रकाशित: Jun 17, 2022| 09:54 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...