आइतबार, फागुन १७, २०८२

बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी हुने

'स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं' भन्ने मूल नाराका साथ बुटवलमा प्रदर्शनी गर्न लागिएको हो।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

बुटवल- राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा बृहत् राष्ट्रिय चिया प्रदर्शनी आयोजना गर्ने भएको छ। चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ/संस्थाहरू, एसोसिएसन लयागतसँगको सहकार्यमा कफी विकास बोर्डले शुक्रबार र शनिबार चिया प्रदर्शनी आयोजना गर्न लागेको हो।

'स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं' भन्ने मूल नाराका साथ बुटवलमा प्रदर्शनी गर्न लागिएको हो।

नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउने र  यसका फाइदाहरूको विषयमा जानकारी दिने, सही चियाको सही रूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले बृहत् राष्ट्रिय चिया प्रदर्शनी तथा टी स्टेरिङ कार्यक्रम गरिएको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार प्रदर्शनीमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनीका साथै नेपालमा उत्पादित विभिन्न ब्राण्डको चियाको निःशुल्क स्वाद लिन पाइने छ।

नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय चिया प्रदर्शनी कार्यक्रममा नेपालको चियाका मुख्य जिल्लाहरू झापा, इलामदेखि पश्चिमसम्म उत्पादित चियाको प्रदर्शन हुनेछ।

नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि कार्य गर्दै आएका निजी क्षेत्रका नेपाल टी एसोसिएसन, हिमालयन अर्थोडक्स टी प्रोड्युसर एसोसिएसन, नेपाल टी प्रोड्युसर एसोसिएसन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटि टी एसोसिएसन नेपालमा आबद्ध चियाका व्यवसायीहरूबाट उत्पादित चियाका ब्रान्डहरूको प्रदर्शनीमा मुख्य रूपमा सहभागिता रहने छ।  कार्यक्रममा सय भन्दा बढी चिया व्यवसायीहरूको सहभागिता रहने निर्देशक भट्टराईले बताए।

kumari

नेपालले अधिकांश उपभोग्य वस्तुहरू आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफै उत्पादन गरी भारत लगायत अन्य तेस्रो मुलुकहरूमा समेत नेपाली चिया निर्यात भइरहेको छ। आर्थिक वर्ष २०७७/०७८ को तथ्यांक हेर्ने हो भने नेपालले तीन अर्ब ७९ करोड भन्दा बढी मूल्यको चिया निर्यात गरेको छ।


प्रकाशित: Jun 17, 2022| 08:05 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।