मंगलबार, साउन २६, २०८३

ओलीका पालामा सेनाले पत्र पठाएको कुरा भर्खरै थाहा भयो : एमाले

'अध्यक्ष ओलीका पालामा सेनाले पत्र लेखेको भन्ने कुरा मिडियामा आएको कुरा भर्खर थाहा भयो,' भट्टराईले दाबी गरे, 'यसबारे अहिल्यै मैले केही भन्न सक्दिनँ। पत्रको सत्यताबारे सोधखोज गरेपछि मात्र भन्न सकिन्छ।'
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेपाली सेनाले अमेरिकालाई पठाएको पत्रबारे भर्खरै मात्र जानकारी पाएको दाबी गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका रहेका विशाल भट्टराईले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीका लागि पठाएको पत्रका विषयबारे सत्यता खोज्ने बताएका छन्। 

'अध्यक्ष ओलीका पालामा सेनाले पत्र लेखेको भन्ने कुरा मिडियामा आएको कुरा भर्खर थाहा भयो,' भट्टराईले दाबी गरे, 'यसबारे अहिल्यै मैले केही भन्न सक्दिनँ। पत्रको सत्यताबारे सोधखोज गरेपछि मात्र भन्न सकिन्छ।'

नेपाली सेनाले अमेरिकालाई पठाएको पत्र आधिकारिक भएको बताइसकेको छ। प्रधानसेनापति क्षेत्रीले सन् २०१५ अक्टोबर २७ मा अमेरिकालाई पत्र पठाउँदा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई समेत बोधार्थ दिइएको छ। त्यसबेला ओली प्रधानमन्त्री थिए।  

प्रकाशित: Jun 16, 2022| 20:29 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...