मंगलबार, साउन २६, २०८३

बूढीगंगा नगरपालिकाको निर्वाचन २३ असारमा

बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन असार २३ गतेका लागि तोकिएको छ। ७५३ वटा स्थानीय तहमध्ये उक्त पालिकाको निर्वाचन हुन सकेको छैन।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं– बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन असार २३ गतेका लागि तोकिएको छ। ७५३ वटा स्थानीय तहमध्ये उक्त पालिकाको निर्वाचन हुन सकेको छैन।

बिहीबार बसेको सर्वदलीय बैठकमा बूढीगंगाको निर्वाचन २३ असारमा गर्ने सहमति जुटेको नेपाली कांग्रेस बाजुराका सभापति रामसिंह रावलले जानकारी दिए।

यसअघि धाँधली भएको भन्दै निर्वाचन स्थगित गरिएको थियो। गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा नेकपा एमालेले वडा नम्बर २,३,५ र ९ मा बुथ कब्जा गरेको र कांग्रेसले वडा नम्बर ४ र मा अत्यधि मतदान गरेको र वडा नम्बर सातमा बुथ कब्जा गरेको आरोप लागेको थियो।

नेकपा एमालेले धाँधली गरेका वडाहरूबाट सुरक्षाकर्मी फिर्ता भएका थिए। उक्त धाँधलीलाई लिएर जिल्ला सुरक्षा समितिले बूढीगंगा नगरपालिकाको पूरै निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो।

निर्वाचन आयोगले स्थलगत अनुगमन गर्दै निर्वाचन सम्पन्न भएको १४ औं दिनपछि पुनः निर्वाचन गर्न, सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई तीन दिनभित्र परिवर्तन गरिसक्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।

प्रकाशित: Jun 16, 2022| 18:24 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...