सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संसद्‍मा पुग्यो एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्र

संसद्‍मा पुग्यो एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्र

अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न हुन नेपाली सेनाले अमेरिकालाई लेखेको चिठी संसद्‍मा पुगेको छ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं– अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न हुन नेपाली सेनाले अमेरिकालाई लेखेको चिठी संसद्‍मा पुगेको छ।

National life

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बिहीबारको प्रतिनिधिसभा बैठकमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा संलग्न हुनका लागि लेखेको चिठी बाचन गरेका छन्।

‘एसपीपी ठिक हो कि होइन? कसले गरो, कसले गरेन भनेर संसद्मा छलफल भइरहेको छ। बाहिर यसबारे छलफल गर्न सकिएला, चुनावी भाषणमा आरोप लगाउन सकिएला। तर, सभामुख र सांसदहरुका सामुन्ने प्रमुख प्रतिपक्षी दलका जिम्मेवार नेताहरुले झुट बोलिरहँदा हामीलाई उकुसमुकुस भएको थियो,’ उनले भने,  ‘२०१५ अक्टोबरमा केपी ओली प्रधानमन्त्री बन्नुभयो। त्यो बेला प्रधानमन्त्री र रक्षामन्त्री आफैं हुनुहुन्थ्यो। २७ अक्टोबरमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले लेखेको त्यो चिठीमा एसपीपीमा सहभागी हुन पाउँ भन्नुभएको छ। यसैगरी २०१७ हुँदै ६ डिसेम्बर २०१९ मा स्वीकार हुन्छ।’ 

उनले त्यसपछि सेनाको क्षमता विकास र विपद्मा सहयोग र तालिम सञ्चालन भइरहेको बताए। ‘सेनाको क्षमता विकास, विपद्मा सहयोग र तालिम सञ्चालन भइरहेको छ। प्रमुख प्रतिपक्षीले यसरी संसद्लाई भ्रममा राख्नु संसदीय मूल्यमान्यता विपरीत हो,’ उनले भने। तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी) सहभागी हुन अनुरोध गरेको पत्र बिहीबार सार्वजनिक भएको थियो।

प्रकाशित: Jun 16, 2022| 17:24 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...