सोमबार, असार ८, २०८३

ओलीकै पालामा एसपीपीमा सहभागी हुन सेनाले लेखेको पत्र भेटियो

स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ मागिरहेका बेला यसबारे केपी ओली प्रधानमन्त्री हुँदै सेनाले लेखेको पत्र फेला परेको छ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं– स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ मागिरहेका बेला यसबारे केपी ओली प्रधानमन्त्री हुँदै सेनाले लेखेको पत्र फेला परेको छ।

National life

नेपाली सेनाले एसपीपीमा सामेल हुन सन् २०१५ मा पठाएको पत्र सार्वजनिक भएको हो। सन् २०१५ को अक्टोबर २७ (२०७२ कात्तिक १० गते) तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा सामेल हुन नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेखेका थिए। उक्त पत्रमा नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी) सहभागी गराउन आग्रह गरेका छन्। ओली प्रधानमन्त्री भएको करिब १५ दिनपछि नेपाली सेनाले पत्र पठाएको थियो। ओली २०७२ असोज २५ गते पहिलो कार्यकालमा प्रधानमन्त्री बनेका थिए। 

पछिल्ला केही दिन नेपाली राजनीति एसपीपीका कारण तातेको छ। सरकारले एसपीपीमा हस्ताक्षर गर्न लागेको दाबी गरिएको छ। बुधबार अमेरिकी दूतावासले पत्रकारहरुसँगको कुराकानीमा नेपालले सन् २०१५ र सन् २०१७ मा एसपीपीमा सहभागी हुन पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले स्वीकार गरेको बताएको थियो। तर बुधबार नेपाली सेनाले एसपीपीमा सहभागी हुन पत्राचार नगरेको दाबी गरेको थियो।

बिहीबारमात्रै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली प्रधानमन्त्री हुँदा एसपीपीमा सहभागी हुन सरकारका तर्फबाट कुनै प्रस्ताव नगरिएको दाबी गरेका थिए। एमाले र ओली नेतृत्वको तत्कालीन सरकारलाई बदनाम गराउने प्रयास भएको दाबी उनले गरेका थिए। 

प्रकाशित: Jun 16, 2022| 16:48 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...