मंगलबार, साउन २६, २०८३

चुनाव लड्न टिभी छाडे रवि लामिछानेले

सञ्चारकर्मी रवि लामिछानेले आगामी संसदीय चुनावमा उम्मेदवारी दिन टेलिभिजन छाडेका छन्।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं– सञ्चारकर्मी रवि लामिछानेले आगामी संसदीय चुनावमा उम्मेदवारी दिन टेलिभिजन छाडेका छन्। काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्न उनी ग्यालेक्सी टेलिभिजनबाट बिदा भएको बताइएको छ।

लामिछाने काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने टुंगो लागिसकेको छैन। उनले काठमाडौं–३ रोज्ने सम्भावना प्रवल रहेको उनी निकटस्थहरुले बताएका छन्। 

लामिछाने बिहीबार ग्यालेक्सी टिभीबाट बिदा भएका छन्। टिभीका अध्यक्ष जीवी राईलगायतले लामिछानेलाई खादा लगाएर बिदा गरेका छन्।


प्रकाशित: Jun 16, 2022| 14:29 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...