सोमबार, असार ८, २०८३

करको दरमा राष्ट्रघात प्रमाणित भए जिम्मेवारी लिन्छु : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरेका छन्।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरेका छन्।

National life

बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु। त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पूर्ण जिम्मेवारी लिन्छु। यहाँ कुनै राष्ट्रघात भएको छैन।’

डलरको सञ्चिति, आयात र उत्पादनलाई समेत ध्यानमा राखेर दरहरु परिवर्तन गरिएको उनको तर्क छ। अर्थमन्त्री शर्माले बजेटको अघिल्लो दिन आफू राति साढे ११ बजेदेखि पौने १२ बजेको बीचमा मन्त्री निवास पुल्चोक गएर आराम गरेको र बिहान ६ बजे मन्त्रालय आएको सुनाए।

बजेट आउने अघिल्लो रात अनधिकृत व्यक्ति छिरेर करका दरमा हेरफेर गरेको आरोपबारे अर्थमन्त्री शर्माले भने, ‘मन्त्रालयमा को आउँछ, जान्छ, मलाई थाहा हुने कुरा भएन। सचिव, डीजीसहित मिलेर बनाएको बजेटको जिम्मेवारी म लिन्छु। मन्त्रालयमा कुन मान्छे, भित्र आए भन्ने कुरा मलाई थाहा हुँदैन।’


प्रकाशित: Jun 16, 2022| 14:15 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...