शुक्रबार, कात्तिक २८, २०८२

बागमती प्रदेशभरका गर्भवतीले पाउने भए निःशुल्क हवाई सेवा

ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार गरिने प्रदेश सरकारको घोषणा।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं–  बागमती प्रदेश सरकारले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराइने घोषणा गरेको

National life

छ। 

बागमती प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार गर्ने व्यवस्था मिलाइने बताएका हुन्। 

प्रदेशभित्रका स्थायी बासिन्दाका लागि रगत, ब्लड ब्याग र परीक्षण शुल्कमा सहुलियत दिई निःशुल्क रक्त सञ्चार सेवा उपलब्ध गराइनेछ । यस्तै, प्रदेश सरकारले एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रम थप ६० विद्यालयमा विस्तार गर्ने भएको छ।

किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवद्र्धन तथा परामर्श सेवा उपलब्ध गराउन एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रमलाई ६० विद्यालयमा पुर्‍याउन २८ करोड विनियोजन गरिएको छ। 

Laxmi sunrise bank
kumari

प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने र किशोरीको पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न संघीय सरकारसँग सहकार्य गरी खोप कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। 

प्रदेश सरकारले प्रदेश अस्पतालमा लागू गरिएको न्यूनतम सेवा मापदण्ड कार्यक्रमलाई थप ११९ स्थानीय तहमा विस्तार गरेको मन्त्री जम्मकट्टेलले बताए। 

प्रदेश सरकारले महिलामा हुने पाठेघर खस्ने समस्या, अब्स्ट्रेटिक फिस्टुलालगायतका समस्याको समयमै निदान गर्ने र निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको छ। यस्तै, कोभिड–१९ महामारी तथा संक्रामक रोगविरुद्ध लड्न कम्तीमा ५० शय्याको सुविधासम्पन्न प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणका लागि बजेट विनियोजन गरिएको छ। 

प्रदेशले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत मिर्गौला रोगीका लागि निःशुल्क डायलासिस सेवा विस्तार गर्ने, रगत, ग्लुकोज, दिसा, पिसाब, कलेजो, फोक्सो, मिर्गौला, महिलामा हुने क्यान्सरलगायतको निःशुल्क परीक्षण गर्ने व्यवस्था गरेको छ।

स्थानीय तहमा जनता पोषण कार्यक्रम सञ्चालन गरिने र प्रत्येक स्थानीय तहमा कम्तीमा एक नमूना कुपोषण उपचार केन्द्र स्थापना गरिने उल्लेख छ।

प्रकाशित: Jun 16, 2022| 14:05 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।