काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु प्रतिनिधिसभाको बैठक बहिष्कार गरेर हिँडेका छन्।
अर्थमन्त्री जनार्दन शर्माले बजेट छलफलमा उठेका विषयमा जवाफ दिइरहँदा उठेर अवरोध गरेका सांसदहरु त्यसपछि हलाबाट निस्किएका हुन्।
अर्थमन्त्रीले बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै कि मन्त्रीले राजीनामा दिनुपर्ने कि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग एमालेको छ।