मंगलबार, साउन २६, २०८३

प्रतिनिधिसभामा एमालेको अवरोधबीच जवाफ दिँदै अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दलको अवरोधबीच संसद्‍मा मन्त्रालयका लागि विनियोजित बजेट र योजनाका बारेमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दलको अवरोधबीच संसद्‍मा मन्त्रालयका लागि विनियोजित बजेट र योजनाका बारेमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्।

एमाले सांसद भानुभक्त ढकालले शर्मामाथि गम्भीर प्रश्न उठेको अवस्थामा प्रतिपक्षले अर्थमन्त्रीलाई स्वीकार गर्न नसक्ने बताए । उनले कि अर्थमन्त्रीको राजीनामा नभए संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्‍याएका थिए।

अर्थमन्त्री रोष्ट्रममा पुगेपछि सांसद हृदयेश त्रिपाठीले पनि सभामुख सापकोटालाई संसदीय समिति गठन गर्न माग गरेका थिए। उनले अर्थमन्त्रीमाथि कर, भन्सार र राजश्वका दर निर्धारण गर्ने क्रममा गम्भीर प्रश्न उठेको भन्दै संसदीय मान्यतालाई ध्यानमा राखेर संसदीय छानबिन समिति गठन गर्न माग गरेका थिए।

अर्थमन्त्री शर्माले भने संसद्‍मा सांसदले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिइरहेका छन् । एमाले सांसदहरू सिटबाट उभिएर विरोध गरिरहेका छन्।

प्रकाशित: Jun 16, 2022| 13:54 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...