सोमबार, असार ८, २०८३

अर्थमन्त्रीमाथि खनिए ओली, भने– करका दर व्यापारीसँग मिलेर तोकियो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करका दर तय गर्ने क्रममा व्यापारीसँग मिलेको र कमिसन खाएको आरोप लगाएका छन्।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करका दर तय गर्ने क्रममा व्यापारीसँग मिलेको र कमिसन खाएको आरोप लगाएका छन्। 

National life

पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजना गरिएको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनले करका दर तोक्ने क्रममा कमिसनको खेल र व्यापारीसँग साँठगाँठ गरिएको आरोप लगाएका हुन्। 

करका दर तय गर्ने काम गोप्य हुने उल्लेख गर्दै ओलीले वर्तमान सरकार र अर्थमन्त्री जनार्दन शर्माले त्यो गोपनियता कायम गर्न नसकेको आरोप लगाए। ओलीले भने, ‘व्यापारीसँग मिलेर करका दर तोकिन्छ। कमिसन खाएर करका दर तोकिन्छ। यस्तो त कुनै राज्य, कुनै प्रणालीमा पनि कल्पना गर्न सकिँदैन। यो त पञ्चायत कालमा पनि हुँदैनथ्यो।’

बजेट संसद्‍मा प्रस्तुत गर्नुभन्दा पहिला मन्त्रिपरिषद्‍मा ब्रिफिङ गरिने र त्यहाँ पनि करका दर नभई बजेटको समग्र ब्रिफिङ गरिने प्रचलन रहेको ओलीको भनाइ थियो। त्यहाँ रहेका मन्त्रीले करका दर र बजेटबारे सूचना चुहाउलान् भनेर प्रधानमन्त्रीसँगै संसद् जाने प्रचलन रहेको उनले सुनाए।

ओलीले भने, ‘यो गोप्य छ, कतै खुल्दैन भनेर संसद्‍मा मात्रै बजेटको ब्रिफकेस खोलिन्छ है भनेर त्यसरी रिबनले बाँधेर, गोप्य बनाएर लगेर अर्थमन्त्रीले प्रस्तुत गर्नुहुन्छ भनेपछि रोष्ट्रममा गएर मात्रै खोलिन्छ। बजेट प्रस्तुत गरिन्छ। यहाँ त बनाउँदै गर्दा व्यापारीका प्रतिनिधि राखेर बनाइन्छ। बनाउनु पहिला कमिसन खाएर बनाइन्छ भने के हालत भयो देशको।’

Shivam cement

राज्यमा यस्तो अवस्था रहेको बेला जितेर आएको भन्दै ओलीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिए।

बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई कर, भन्सार र राजश्वका दर चलाउन लगाएको भन्दै एमालेले संसदमा पनि विरोध गरिरहेको छ। अर्थमन्त्री शर्माले कि राजीनामा गर्नुपर्ने नभए संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग उसको छ। 

फरक प्रसंगमा ओलीले एमालेको अस्तित्व मेटाउन खोजिएको आरोप लगाए। उनले भने, ‘पार्टीलाई सिध्याउन खोज्नेहरूबाट जोगिएर हामीहरू यहाँसम्म आइपुगेका छौं। पार्टीप्रतिको निष्ठाका साथ काम गर्नुहोस्। अस्तित्व मेटाउन खोजिए पनि तानाशाहीविरुद्ध एमालेले बलियोसँग डटेर उभिन सकेको छ,’ उनले भने।

उनले एमालेलाई कब्जा गरेर सिध्याउन खोजेको र आफूलाई पनि पार्टीको साधारण सदस्यबाटै निकाल्न खोजिएको आरोप लगाए। उनले भने, ‘नेतृत्व नै विस्थापित गर्ने काममा लागेका थिए। हामीले ती प्रयासमा जीवन मरणको लइाइँ लडेका थियौं। एमालेले लडेको जीवन मरणको लडाइँ जितेर यहाँ आयौं।’

‌ओलीले पार्टीको अस्तित्व मेटाउन खोजिए पनि आज देशको प्रमुख राजनीतिक शक्ति एमाले नै भएको दाबी गरे। उनले भने, ‘गठबन्धनका नाममा बनेको तानाशाहविरुद्ध हामीले बलियो प्रतिरोध गर्यौं। राज्य शक्ति लगाएर, पैसा बाँडेर मतदाता रिझाउन खोजे पनि त्यसलाई हामीले पराजित गरेका छौं,’ उनले भने।

प्रकाशित: Jun 16, 2022| 13:33 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...