सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई ओलीले भने- नाम हाइहाइ हुने गरी काम गर्नुहोस्

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई ओलीले भने- नाम हाइहाइ हुने गरी काम गर्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दुई वर्षयता देशभक्ति आन्दोलन सिध्याउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दुई वर्षयता देशभक्ति आन्दोलन सिध्याउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।

National life

पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दुई वर्षयता अग्रगमन विरोधी, देश विरोधी, स्थायित्व विरोधीहरू सलबलाएको आरोप लगाए।

उनले यस्तो अवस्थामा पार्टीका निर्वाचित जनप्रतिनिधिलाई पाँच वर्ष सक्षम बन्ने गरी काम गर्न निर्देशन दिए। 'आफ्नो कार्यकाल पूरा गर्दा आफ्नो हाइहाइ हुने गरी काम गर्नुहोला। पाँच वर्षको कार्यकाल पूरा गर्दा तपाईंहरूको नाम हाइहाइ होस्,' उनले भने।

उनले आलोचना सुन्न नपरोस्, प्रशंसा होस् भन्दै राम्रा काम गर्न निर्देशन दिएका छन्। 'स्थानीय तहमा कसरी काम गर्नुपर्छ भनेर नमुना हुनुस्। जनताले प्राप्त गर्नुपर्ने सेवा सुविधा उपलब्ध गराउनुस्। जनताको सेवामा सधैँ तत्पर रहन सक्नुस्,' उनले भने।

प्रकाशित: Jun 16, 2022| 13:08 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...