मनाङ एयरको फाइल तस्बिर
हुम्ला-हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
दुर्घटना ग्रस्त हेलिकोप्टरको पंखाले लागेर भारतीय नागरिक नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गेहेन्द्र बोगटीले जानकारी दिए ।
दुर्घटनाग्रस्त हेलिकोप्टरको अगाडिको भागमा क्षति भएको छ । हेलिकोप्टर हुम्लाको सदरमुकाम सिमिकोटबाट तिब्बतको मान सरोबर जाने क्रममा हिल्सामा अवतरण गर्दा तीन बजेर १८ मिनेट जाँदा दुर्घटना भएको हो ।
हेलिकोप्टरको पंखा घुमिरहेको बेला मेहत्ता ओलँदा पंखाले लागेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४