मंगलबार, साउन २६, २०८३

ओली सरकारकै पालामा एसपीपी सम्झौता कार्यान्वयन : दाहाल

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता सन् २०१९ मा केपी ओली प्रधानमन्त्री हुँदा नै कार्यान्वयन गरिएको दाबी सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं– स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता सन् २०१९ मा केपी ओली प्रधानमन्त्री हुँदा नै कार्यान्वयन गरिएको दाबी सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा बिहीबार आयोजित रितबहादुर खड्काको स्मृतिसभा अवसरमा अध्यक्ष दाहालले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो सम्झौतामा कुनै हालतमा हस्ताक्षर नगर्ने बताए। ‘एसपिपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा ओली नेतृत्वको सरकारले गरिसकेको छ, यो कुरा सबैले बुझ्न जरुरी छ,’ दाहालले भने।

अध्यक्ष दाहालले एसपीपीबारे जनतामा भ्रम छर्ने काम भइरहेको जिकिर गरे। 

‘कुनै न कुनै रूपले नक्कली राष्ट्रवादको प्रचार गर्ने कसरत विगतमा पनि हामीले देखेको हो। जो सबैभन्दा बढी आत्मसमर्पण गर्नेतिर जान्छन् उनीहरूले नै राष्ट्रवादको गुड्डी हाँक्छन्’, दाहालले भने, ‘हिजोआज पनि एसपीपी सम्झौता हुँदै छ, सैनिक सम्झौता हुँदै छ, भइसक्यो आदि प्रचार गरिएको छ, जुन झुटो हो।’

प्रधानमन्त्रीले कुनै पनि हालतमा म त्यस्तो सम्झौतामा हस्ताक्षर गर्दिनँ भनेर प्रतिबद्धता जनाएको दाहालले सुनाए।

प्रकाशित: Jun 16, 2022| 11:03 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...