मंगलबार, साउन २६, २०८३

बजेटमाथि उठेका प्रश्नको आज संसद्‍मा प्रधानमन्त्रीले जवाफ दिने

संघीय सदंसको प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफल जारी छ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं- संघीय सदंसको प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफल जारी छ। बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको मन्त्रीहरूले जबाफ दिइसकेका छन्। 

बिहीबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ। 

बैठकमा रक्षा, अर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने कार्यसूची रहेको छ।

मन्त्रालयगत जवाफ दिने कार्यक्रम सकिएसँगै बजेट पास हुनेछ।

प्रकाशित: Jun 16, 2022| 08:20 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...