मंगलबार, साउन २६, २०८३

काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी

लिखेलमा सम्पन्न भएको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उपप्रमुखमा नेपाली कांग्रेसका रिमबहादुर तामाङ विजयी भए।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

बनेपा- जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजयी भए।    

धुलिखेलमा सम्पन्न भएको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उपप्रमुखमा नेपाली कांग्रेसका रिमबहादुर तामाङ विजयी भए।

सदस्यमा नेकपा (माओवादी केन्द्र)का कमलराज गिरी, कृष्णकुमारी राई र रष्मिता भण्डारी, कांग्रेसकी अप्सरा सिप्खान, चण्डिका मिजार, निरबहादुर लामा र मङ्गलबहादुर तामाङ विजयी भए। विजयी सबैले बुधबार नै पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गरिसकेका छन्।

काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन्। स्थानीय तह निर्वाचनमा कांग्रेसले पालिकाको प्रमुख/अध्यक्षमा सात, माओवादी केन्द्रले चार, एमालेले एक र एकीकृत समाजवादीले एक स्थानमा विजय हासिल गरेको थियो।

कांग्रेस उपप्रमुखमा दुई र उपाध्यक्षमा चार, माओवादी केन्द्र उपप्रमुखमा एक र उपाध्यक्षमा तीन तथा एमाले उपप्रमुखमा तीन स्थानमा विजयी भएको थियो।


प्रकाशित: Jun 16, 2022| 08:14 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...