मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौंमा दुई दिने प्रशिक्षण

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौंमा दुई दिने प्रशिक्षण

नेकपा एमालेले पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं- नेकपा एमालेले पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ।

एमाले सचिवालय बैठकले जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार बिहीबार र शुक्रबार जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुनेछ।

अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नेछन्। त्यसपछि एमाले स्कुल विभागले जनप्रतिनिधिलाई प्रशिक्षण दिने छ।

प्रशिक्षणमा सहभागी हुन एमालेबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरू काठमाडौं आइसकेका छन्। एमालेले चुनाव भएका ७५२ पालिका मध्ये २०५ पालिकामा प्रमुख जितेको छ।



प्रकाशित: Jun 16, 2022| 08:04 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...