बिहीबार, असार ३२, २०८३

स्कुले बालबालिकाले पन्छाए पहिरो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- अछामको बान्नीगढी जयगढ गाउपालिकास्थिीत जयगढ-माझेठाना रामारोशन सडक खण्ड अन्तर्गत बाझकोटमा गएको पहिरो स्कुले बालबालिकाले पन्छाएका छन्। 

सडक पुरै छोपिनेगरी पहिरो जाँदा पैदल यात्रुलाईसमेत आवजावतमा कठिनाई भएपछि स्कुले बालबालिकाले पहिरो पन्छाएका हुन्। उक्त पहिरो पन्छाउन सान्निकोट आधारभुत विद्यालयका बालबालिकाहरु सक्रिए बनेका हुन्। 

विकासका नाममा सडक खन्न मात्र जानेका सरोकारवालाले जथाभावी डाँडाकाँडामा डोजरले काटेर छियाछिया भनाउँदा बर्षायाममा पहिरो गएर सर्वसाधारणले निकै सास्ती भोग्नु परेको छ। 

हिउँदयाममा जथाभावी रुपमा डोजर प्रयोग गरेर सडक खन्दा बर्षायाममा जताततै पहिरो जाने गरेको छ। केहि सडकहरु त पहिरोले बगाएर खोलामा परिणत भएका छन्। यो समस्या प्रदेश ७ का प्राय सबै पहाडी जिल्लामा छ। 

वातावरणीय प्रभाव मुल्यांकन नै नगरेर तथा प्राविधिक अध्ययन बिना नै जथाभावी डोजर प्रयोग गर्नाले पहिरो जाने र भुक्ष्य हुने क्रमम अत्यधिक बढेको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।