काठमाडौं- संघीय संसदमा गणपुरक संख्या नपुगेपछि मंगलबार तीन मिनेटको घण्टी बजाइएको छ।
मंगलबारको संसद बैठकमा बोल्दै नेमकिपाका संसाद प्रेम सुवालले गणपुरक संख्या नपुगेकोले बैठक संचालन गर्न नमिल्ने भन्दै नियामापाति गरेका थिए।
त्यसपछि सभामुखले संसदमा उपस्थित हुनका लागि तीन मिनेटको घण्टी बजाउन निर्देशन दिएका थिए। तीन मिनेटको घण्टी पछि सांसदहरु बैठकमा प्रवेश गरेका थिए।
सभामुखले बैठक अघि बढाउन खोज्दा सांसद सुवालले नियमापाति गरेका थिए। सभामुखले ५९ जना भएमा गणपुरक संख्या पुग्नेमा ८१ सांसद बैठकमा रहेको जानकारी दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४