बिहीबार, असार ३२, २०८३

प्रकाण्डलार्इ थप दश दिन थुनामा राख्न अदालत लगिदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गैरकानूनी रुपमा ७ करोडभन्दा बढी चन्दा उठाएको भन्दै साउन २२ गते पक्राउ परेका नेपाल कम्यूनिस्ट पार्टी माओवादी विप्लव समूहका नेता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई म्याद थप गर्न अदालत लगिदै छ। 

प्रकाण्डलार्इ दश दिनको म्याद थपको माग राखेर अदालत पेस गर्न लागिएको प्रहरीले जनाएको छ। 

सर्वोच्चले सोमबार बाटो म्याद बाहेक ४८ घन्टा भित्र उनलार्इ सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कायम मुकायम प्रधानन्यायाधीस ओम प्रकाश मिश्रको एकल इजलासले सरकारको नाममा थुनामा राख्नुको लिखित कारण सहित बाटोको म्याद बाहेक ४८ घन्टा भित्र सर्वोच्च अदालतमा पेस गर्न आदेश दिएको थियो।

अवैध रुपमा चन्दा उठाएको अभियोगम पक्राउ गरी गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै प्रकाण्डका छोरा नरेन्द्र बहादुर सिंह विकले आइतबार बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए।

विप्लव समुहका प्रवक्ता समेत रहेका प्रकाण्डविरुद्ध गैरकानुनी रुपमा ७ करोड भन्दा बढि चन्दा उठाएको भन्दै गत मंगलबार दक्षिणकाली नगरपालीकाको चाल्नाखेलबाट पक्राउ गरि प्रहरी हिरासतमा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।