आइतबार, फागुन १७, २०८२

मधेस प्रदेशले ल्यायो ४६ अर्ब ८८ करोडको बजेट

कुल बजेटमध्ये चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार, पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार छुट्याइएको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं– मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ४६ अर्ब ८८ करोेड ९ लाख ४६ हजार रुपैयाँ बराबरको अनुमानित आयव्ययसहितको बजेट सार्वजनिक गरेको छ। 

कुल बजेटमध्ये चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार, पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार र वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २०० रुपैयाँ विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ। 

बजेट व्यवस्थापनको स्रोत सुनिश्चितातर्फ प्रदेशले आन्तरिक राजस्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार रुपैयाँ संकलन गरिने जनाएको छ। विभिन्न कोषबाट ३८ करोड, संघीय सरकारको राजस्व बाँडफाँट ११ करोड ६१ लाख ९८ हजार, समानीकरण अनुदानमार्फत ७ अर्ब ८१ करोड ५८ लाख, चालू आर्थिक वर्षको बजेटबाट बचत हुने ९ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको
छ। 

विशेष अनुदानबाट ४९ करोड रुपैयाँ, समपूरक अनुदानबाट ७८ करोड, ससर्त अनुदानबाट १० करोड ०६ लाख ९१ हजार र युनिसेफबाट प्राप्त गरिने अनुदानबाट ४ करोड ३५ लाख ४७ हजार गरी कुल ४५ अर्ब ४ करोड ९३ लाख २८ हजार रुपैयाँ व्यवस्थापन गरिनेछ। अपुग हुने १ अर्ब ८२ करोड १० लाख १८ हजार २०० रुपैयाँ आन्तरिक ऋण परिचालन गरिने प्रदेश सरकारले बताएको छ।


kumari


प्रकाशित: Jun 15, 2022| 18:11 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।