शुक्रबार, कात्तिक २८, २०८२

बागमती सरकारको बजेट ७० अर्ब ९३ करोड बढी [पूर्णपाठसहित]

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेलले बुधबार बजेट सार्वजनिक गरेका हुन्।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट प्रदेशसभामा सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेलले बुधबार बजेट सार्वजनिक गरेका हुन्।

National life

कुल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख छुट्याइएको छ। यस्तै, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख विनियोजन गरिएको छ भने वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ बजेट छुट्याइएको छ। 

कुल बजेटमध्ये चालूतर्फ २७ प्रतिशत, पुँजीगततर्फ ५८ प्रतिशत, वित्तीय हस्तान्तरणतर्फ ११ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ प्रतिशत बजेट विनियोजन गरिएको मन्त्री जमकट्टेलले बताए।

पूर्णपाठ

प्रकाशित: Jun 15, 2022| 18:04 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।