शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गण्डकी बजेट : विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन बनाउने, दिवा खाजामा स्थानीय उत्पादन अनिवार्य

गण्डकी बजेट : विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन बनाउने, दिवा खाजामा स्थानीय उत्पादन अनिवार्य

गण्डकी प्रदेश सरकारले विद्युतीय सवारीका लागि चार्जिङ स्टेसनहरु बनाउने भएको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं– गण्डकी प्रदेश सरकारले विद्युतीय सवारीका लागि चार्जिङ स्टेसनहरु बनाउने भएको छ।

National life

आगामी आर्थिक वर्ष २०७९–८० का लागि प्रदेशको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री रामजी प्रसाद बरालले विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्न चार्जिङ स्टेसन बनाउने बताएका हुन्। साथै प्रदेश सरकारबाट सवारीसाधन खरिद गर्दा विद्युतीयलाई नै प्राथमिकता दिइने समेत मन्त्री बरालले बताए।

विद्यालयको दिवा खाजामा स्थानीय उत्पादन अनिवार्य

गण्डकी सरकारले प्रदेशका विद्यालयमा खुवाइने दिवा खाजामा स्थानीय उत्पादनलाई अनिवार्य गर्ने भएको छ। ‘स्थानीय तहको सहकार्यमा विद्यालयमा खुवाइने दिवा खाजा स्थानीय उत्पादन नै खुवाउनुपर्ने व्यावस्था अनिवार्य गरी स्थानीय उत्पादन उत्पादनको व्यावसायीकरण गर्ने लक्ष्य लिइएको छ,’ बजेटमा भनिएको छ।

फलाम खाली सञ्चालन गर्न १५ करोड

Laxmi sunrise bank
kumari

गण्डकी प्रदेश सरकारले नवलपुरको धौवादीमा रहेको फलाम खानी सञ्चालन गर्न १५ करोड रुपैयाँ विनियोजन गरेको छ। हुप्सेकोट गाउँपालिकामा रहेको धौवादी डाँडामा देशकै सबैभन्दा ठूलो फलामखानी भएको विश्वास गरिएको छ। 

प्रदेश अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा सो रकम विनियोजन भएको घोषणा गरेका हुन्। तर पर्वतको फलाम खानीबारे भने बजेटमा उल्लेख छैन। पर्वतको महाशिला गाउँपालिकामा विशाल फलाम खानी रहेको र धेरै वर्ष अगाडि त्यहाँबाट फलाम उत्खनन् गरिन्थ्यो। 

सो गाउँमा विश्वकर्मा समुदायको बसोबास बढी छ। फलाम खानी बन्द भएको धेरै वर्षपछि प्रदेश सरकार गठनका क्रममा सो खानीबारे चर्चा गरिए पनि उत्खननका लागि पहल गरिएको थिएन। स्थानीय बासिन्दाले सो ठाउँमा रहेको फलाम उत्खनन गर्न माग गर्दै आएका छन्।

प्रकाशित: Jun 15, 2022| 17:00 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।