भैरहवा–नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आहवन गरेको नेपाल बन्दको क्रममा ५ नम्बर प्रदेशमा बन्दको प्रभाव सामान्य देखिएको छ ।
५ नम्बर प्रदेशमा नेकपाले बन्दलाई सबै भन्दा प्रभावशाली गराउने ध्ययेले गएरातिदेखि केही छिटपुट घटना घटाएको भएतापनि प्रहरीको उच्च सर्तकताका कारण उनीहरुको कार्यक्रम निस्प्रभाव भएको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डिआइजी शेरबहादुर बस्नेतले नेपाल समयलाई जानकारी दिए ।
डिआईजी बस्नेतले भने, ‘गएराति बुटवल फुलबारी स्थित भारतीय पेन्सन क्याम्पलाई लक्षित गरी शौचालयमा बम बिस्फोट गराएको थियो । यसैगरी विहानै रुपन्देहीको पथ्थरडाडामा पोखराबाट भैरहवा आउदै गरेको बसमा आक्रमणको प्रयास भएको थियो । सैनामैनामा नक्कली बम र कपिलवस्तुको बाणगंगामा पनि उस्तै प्रकृतिको घटना अनि नवलपरासीमा ट्रकमा आगजानी गरेका छन् ।’
‘हामीले उनीहरुका कार्यकर्ता खोजिरहेका छौं । प्रदेश अन्र्तगतका मुख्य शहर, राजमार्ग, सडक र हरेक कार्यलयमा सुरक्षा तैनाथी छ । प्रहरी उच्च सर्तकता छ’ बस्नेतले भने ।
छिटपुट घटना बाहेक सिंगो प्रदेशको अवस्था सामन्य रहेको र सर्वसाधरण हिजोअस्ती झै हिडडुल गर्न सक्नेगरी वातवरण मिलाईएको बस्नेतले दाबी गरको भएता पनि प्रदेशमा कलेज तथा विद्यालयहरु खुलेका छ्रैनन भने अधिकांश उद्योग कलकारखाना र व्यवासीक प्रतिष्ठान बन्द भएको अवस्था छ ।
प्रहरीले लामो दूरीका गाडीहरु स्कटींग गरेर आवगमन गराइरहेको छ । बसपार्कहरुमा समेत बस देखिदैनन् । सबै बस तथा सवारी साधन घरघरमा बस धनीहरुले सुरक्षीत साथ राखेको देखिन्छ। बन्दको कारण भारतबाट रोजगारी गरी नेपाल फर्किएकाहरु भने सीमा क्षेत्रमा अलपत्र परेको देखिन्छ । ५ नम्बर प्रदेशमा रुपन्देहीको बेलहिया नाका, कपिलवस्तुको कृष्णनगर नाका, नेपालगन्जको रुपौडिया नाकाबाट नेपालीहरु भित्रीने गरेका छन् ।
यो प्रदेशमा अहिले सम्म कोही पनि पक्राउ तथा हातहाति भएको छैन । पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्ड पक्राउको विरोधमा नेकपाले नेपाल बन्द आह्वान गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४