शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी : राज्यमन्त्री वलीबारे सरकारको जवाफ माग गर्दै एमालेद्वारा सदन अवरुद्ध

लुम्बिनी : राज्यमन्त्री वलीबारे सरकारको जवाफ माग गर्दै एमालेद्वारा सदन अवरुद्ध

लुम्बिनी प्रदेशसभामा विपक्षी दल नेकपा एमालेले राज्यमन्त्री विमला कुमारी खत्री वलीको विषयमा सरकारको धारणा माग गर्दै सदनमा अवरोध गरेपछि बैठक केहिबेरका लागि स्थगित भएको छ ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

बुटवल– लुम्बिनी प्रदेशसभामा विपक्षी दल नेकपा एमालेले राज्यमन्त्री विमला कुमारी खत्री वलीको विषयमा सरकारको धारणा माग गर्दै सदनमा अवरोध गरेपछि बैठक केहिबेरका लागि स्थगित भएको छ । 

National life

बैठक शुरु हुनासाथ नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भूमेश्वर ढकालले बोल्दै राज्यमन्त्री जस्तो व्यक्तिले एक महिलामाथि घरमै पुगेर आक्रमण गरेको घटनाले सरकारमाथि प्रश्न उठेको भन्दै आधिकारिक धारणा सार्वजनिक गर्न माग गरे । 

उनले सरकार नागरिकको सुरक्षामा खटिनुपर्नेमा मन्त्री आक्रमणमा उत्रदा यसले नागरिकको सुरक्षामा समेत गम्भिर प्रश्न उठेको बताए । उनले राज्यमन्त्रीले घरमै पुगेर आक्रमण गर्दा पनि सरकार नबोलेको भन्दै यसबारे सरकारले धारणा सार्वजनिक गर्न नदिदासम्म बैठक चल्न नदिने अडान दोोर्याए । 

विपक्षी एमालेका सचेतक ढकालले ध्यानार्कषण गराएपछि सभामुख पूर्ण बहादुर घर्तीले घटनाका सन्दर्भममा सरकारलाई निर्देशिन दिँदै २५ मिनेटका लागि सदन स्थगित गरेका छन् । लुम्बिनी प्रदेशमा अपरान्ह ४ बजे आर्थिक वर्ष ०७९–८० को बजेट बजेट प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यसूची थियो । एमालेले अवरोध गरेपछि बजेट पेश गर्न केहिबेर ढिलाइ हुने भएको छ।

प्रकाशित: Jun 15, 2022| 16:28 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।