मंगलबार, जेठ १९, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी : मुख्यमन्त्रीले जवाफ दिएपछि मात्रै बजेट प्रस्तुत गर्न दिने एमालेको निर्णय

लुम्बिनी : मुख्यमन्त्रीले जवाफ दिएपछि मात्रै बजेट प्रस्तुत गर्न दिने एमालेको निर्णय

मंगलबार राज्यमन्त्री ओलीले दाङ तुल्सीपुरस्थित प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेको आरोप लागेको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

बुटवल- राज्यमन्त्री विमला कुमारी खत्री ओलीले महिलामाथि गरेको हर्कतबारे मुख्यमन्त्रीले जवाफ दिएपछि मात्रै सदनमा बजेट प्रस्तुत गर्न दिने एमालेले निर्णय गरेको छ। नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार दिउँसो यस्तो निर्णय गरेको हो।

National life

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीले आज अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रदेशसभामा बजेट प्रस्तुत गर्दैछ। मंगलबार राज्यमन्त्री ओलीले दाङ तुल्सीपुरस्थित प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेको आरोप लागेको छ। 

राज्यमन्त्री विवादास्पद घटनमा संलग्न भएको भन्दै एमालेले बर्खास्त गर्न माग गरेको छ। एमाले संसदीय दलका नेता शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले सवैधानिक हिसाबले बजेट असार १ गते नै ल्याउनुपर्ने प्रावधानले सदन शुरु हुनासाथ विरोध जनाउने र आफ्नो कुरा राख्ने निर्णय गरेको छ। 

एमालेले फरक मत राखेपछि मुख्यमन्त्री कुलप्रसाद केसीले जवाफ दिएपछि मात्रै बजेट पेस गर्न दिने निर्णय भएको एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले बताए। 

यता सरकारले भने एमालेले बजेट प्रस्तुत गर्न नदिने भएपछि राज्यमन्त्री बिमलाको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। 

Shivam cement

प्रकाशित: Jun 15, 2022| 15:55 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।