बुटवल– दाङमा महिलालाई कुटपिट गरेपछि विवादमा आएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना भएकी छन्।
दाङबाट ल्याएर उनलाई उपचारका लागि मंगलबार राति बुटवल प्रादेशिक अस्पतालमा भर्ना गरिएको अस्पतालका मेसु डा. इन्द्र ढकालले बताए।
राज्यमन्त्री वलीले एकराज बस्नेतले आफूसँग पैसा सापटी लगेर नदिएपछि कारोबार मिलाउन उनको घर पुगेको बताएकी छन्। घर पुग्दा योजनाबद्ध रुपमा फसाइएकोले गर्दा थप मानसिक तनाव भएको र आफू बेहोस भएको उनले दाबी गरिन्।
उनले मंगलबार बिहान एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र छोरीमाथि कुटपिट गरेको प्रहरीमा जाहेरी परेको छ। तर, जाहेरी दर्ता भने भइसकेको छैन।