सोमबार, असार ८, २०८३

'एसपीपीबारे प्रस्ताव नै आएको छैन'

सरकारले अमेरिकाबाट स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को प्रस्ताव नआएको संसद्लाई जानकारी गराएको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं- सरकारले अमेरिकाबाट स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को प्रस्ताव नआएको संसद्लाई जानकारी गराएको छ। 

National life

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अमेरिकाबाट कुनै प्रस्ताव नआएको तर सरकारको बदनाम गर्नका लागि प्रचारमा ल्याइएको बताए।

प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्री शर्माले भने, 'नेपाल सरकारको तर्फबाट सभामुखमार्फत यस सदनलाई भन्न चाहन्छु- नेपाल सरकारले कुनै पनि स्टेट पार्टनरसिप प्रोग्रामका लागि इन्भाइट गरेको छैन। प्रस्ताव राखेको छैन। हामीकहाँ प्रस्ताव आएको छैन।'

प्रचारमा आएको कुरा झुटा भएको भन्दै मन्त्री शर्माले त्यसको खण्डन गरे। उनले भने, 'यो कुरा झुटा हो, सरकारलाई बदनाम गराउने खेल मात्रै हो।' एसपीपीलाई लिएर भ्रममा नपर्न शर्माले आग्रह गरे। उनले भने, 'वनको बाघले होइन मनको बाघले नखाओस्।'

संसद्‌मा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ कांग्रेसका सांसदहरूले उठाएका प्रश्नलाई पनि उल्लेख गर्दै मन्त्री शर्माले सरकारको तर्फबाट कुरा राखेको बताएका थिए। नेपालको अनुमतिबिना अमेरिकी सेना आउनै नसक्ने मन्त्री शर्माले स्पष्ट पारे।

Shivam cement

प्रकाशित: Jun 15, 2022| 13:58 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...