बिहीबार, असोज २२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • व्याख्यात्मक टिप्पणी एमसीसीको अभिन्न अंग भइसकेको छ : मन्त्री शर्मा

व्याख्यात्मक टिप्पणी एमसीसीको अभिन्न अंग भइसकेको छ : मन्त्री शर्मा

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संसद्‌बाट पारित भएको एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले स्वीकार गरेको बताएका छन्।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संसद्‌बाट पारित भएको एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले स्वीकार गरेको बताएका छन्। 

उनले संसद्‌बाट व्याख्यात्मक टिप्पणीसँगै एमसीसी पारित भएको २ घण्टाभित्रै अमेरिकाले स्वागत गरेकाले शंका नगर्न आग्रह गरे। 

प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्री शर्माले जेनेभा कन्भेन्सन र संयुक्त राष्ट्रसंघका व्यवस्थामा पनि सन्धी गर्दा व्याख्यात्मक टिप्पणीको व्यवस्था रहेकाले एमसीसीमाथिको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गर्ला कि भनेर आशंका नगर्न सांसदहरूलाई आग्रह गरेका थिए।

शर्माले भने, 'एमसीसीको बारेमा यस सम्मानित सदनले पास गरेको हो। व्याख्यात्मक टिप्पणीसहित पास गरेको हो। झन्डै ९ बजेको थियो हामीले यहाँबाट व्याख्यात्मक टिप्पणीसहित पास गर्दा र पौने ११ बजे अमेरिकाले स्टेटमेन्ट जारी गरेर स्वागत गरेको छ। उसको सन्धिमा व्याख्यात्मक टिप्पणीसहित पास गरेर पठाउँदा स्वागत गर्छ कसैले ? आपत्ति गर्थ्यो होला, पहिलो कुरा तत्काल स्वागत गरेको छ। भियना कन्भेन्सनल ल अफ ट्रिटी, १९६९ को दफा ३४ अनुसार र अन्तर्राष्ट्रिय गाइडलाइन छ।

संयुक्त राष्ट्रसंघको गाइडलाइन २०११ छ। जसले द्वीपक्षीय सन्धिमा व्याख्यात्मक टिप्पणी हुन्छ भनेको छ। अर्को पक्षले स्वीकार गरेमा अभिन्न अंग बन्छ भनेको छ। हाम्रो सन्धि कार्यान्वयन गर्ने कार्यविधि छ। त्यसले पनि ब्याख्यात्मक घोषणा गर्न सकिनेछ भनेको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको व्यवस्थाअनुसार संसद्ले यो हो हाम्रो बुझाइ भनेर पास गरेपछि त्यसमा कुनै आशंका नरहेको व्यवस्था अनुरोध गर्न चाहन्छु।'

प्रकाशित: Jun 15, 2022| 13:54 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...