मंगलबार, चैत १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गाउँमा वृद्धवृद्धाको स्वास्थ्य जाँच गर्दै डाक्टर शेखर कोइराला

गाउँमा वृद्धवृद्धाको स्वास्थ्य जाँच गर्दै डाक्टर शेखर कोइराला

कोइराला एक सातायता विराटनगरमा छन्। राजनीतिक भेटघाट तथा कार्यक्रमहरूमा सहभागी हुने, कार्यकर्ताहरूसँग भेटघाट गर्ने उनको मुख्य काम हो।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइराला चिकित्सक पनि हुन्। र, उनको गृहजिल्ला मोरङ हो। गएको मंसिरमा भएको नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा कांग्रेस सभापतिका प्रत्याशी रहेका कोइरालाले त्यसपछि पार्टीमा आफ्नो प्रभाव निकै बढाएका छन्। 

National life

कोइराला एक सातायता विराटनगरमा छन्। राजनीतिक भेटघाट तथा कार्यक्रमहरूमा सहभागी हुने, कार्यकर्ताहरूसँग भेटघाट गर्ने उनको मुख्य काम हो।

बुधबार भने कोइराला आफ्नो चुनाव क्षेत्रमा बिरामी जाँच्दै गरेका भेटिए। मोरङ क्षेत्र नम्बर ६ मा उनले स्थानीय वृद्धवृद्धाको स्वास्थ्य जाँच गरेका थिए। फिजिसियन डाक्टरसमेत रहेका कोइराला आला र ब्लड प्रेसर मनिटर बोकेर स्वास्थ्य परीक्षणमा सक्रिय भएका थिए।

कोइराला ०७४ सालको स्थानीय निर्वाचनमा मोरङ–६ बाट चुनाव लडेका थिए। उनी नेकपा एमालेका लालबाबु पण्डितसँग पराजित भए। 

- *शीर्षक परिवर्तन गरिएको- सम्पादक

kumari

प्रकाशित: Jun 15, 2022| 13:46 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।