शुक्रबार, साउन १, २०८३

विप्लव समूहका नगर इन्चार्ज पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- बजार बन्द गराउँदै हिँड्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका घोडाघोडी नगरपालिका इन्चार्ज छविलाल ओली घर्तीलाई प्रहरीले पक्राउ गरेको छ।
 
बजार बन्द गराउँदै हिँडिरहेको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय सुखडको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो। 

‘पक्राउ परेका ओलीमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चल्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

कैलालीलगायत प्रदेश ७ मा नेकपाको बन्दको आंशिक प्रभाव परेको छ। छोटो दूरीका सवारीसाधन चले पनि लामो दूरीका सवारीसाधन र विद्यालय खुलेका छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।