शुक्रबार, मंसिर १२, २०८२

गठबन्धन होइन, बलियो शक्तिको आवश्यकता छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि बलियो शक्तिको आवश्यकता रहेको बताएका छन्।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

बुटवल- नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि बलियो शक्तिको आवश्यकता रहेको बताएका छन्। उनले गठबन्धनको राजनीति नीतिगत अस्थिरता र वैदेशिक चलखेललाई आमन्त्रण गर्ने राजनीति भएकाले आफूहरू त्यसको पक्षमा नभएको बताए। प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन्। 

National life

कांग्रेससँग मिलेका नेकपा माओवादी केन्द्र र नेकपा एसतर्फ लक्षित गर्दै उनले दक्षिणपन्थतर्फको यात्रामा रहेकासँग यही अवस्थामा सहकार्य हुन नसक्ने बताए। उनले कांग्रेससँग मिलेका वामपन्थी नभएको टिप्पणी गरे। 

एमालेलाई सिद्ध्याउने गरी गठबन्धन गर्दा पनि आफूहरूले जनमत राम्रो पाएको बताउँदै आगामी चुनावमा पनि एक्लै लड्न सक्ने महासचिव पोखरेले बताए। एमालेले स्वार्थ आधारित नभई राष्ट्र हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताए। उनले अबको पाँच वर्षसम्म अध्यक्ष ओलीको विकल्प नभएको बताए। 

नेपालको असंलग्न परराष्ट्रनीतिलाई प्रतिकुल बनाउने गरी सम्झौता गर्ने गरिएको प्रस्तावको एमालेले विरोध गरेको उनले बताए। उनले पञ्चशीलको परराष्ट्रनीति विपरीत गरिने कुनै पनि सम्झौता मान्य नहुने बताए। 

उनले असंग्नताको नीति विपरीत कुनै सैन्य संगठनको अंग बन्ने कुरा एमालेले स्वीकार नगर्ने बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा रक्षामन्त्रीको हैसियतमा अमेरिका जान लागेको सूचना आएकाले त्यसो भए मुलुकको अपमान हुने बताए। 

Laxmi sunrise bank
kumari

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका पोखरेलले राज्यमन्त्रीका बारेमा आएका टिका टिप्पणीबारे सरकार बेखबर हुननपाउने बताए। जनताबाट उठिरहेको प्रश्नको यथोचित प्रश्नको जवाफ दिने उनले बताए। 

गठबन्धनको सरकार स्वार्थबाट सिर्जना भएको बताए। उनले संघीयताको जग बसाल्न यसअघि शतप्रतिशत बजेट खर्च गर्दै आएकोमा अहिले त्यो न्यून भएको बताए। 

गठबन्धनले सफलता हासिल गरेको उनले स्वीकार गरेँ। उनले  विगतको परिणाम गुमाए पनि जनताको लोकप्रिय मत बढी पाएको बताए। उनले स्थानीय चुनावले गठबन्धन पहिलो र एमाले दोस्रो भएको बताए।‘एकल रूपमा हामी पहिलो नै हो, तर काँग्रेस एक्लै पहिलो भएको होइन,’  उनले भने। 

गठबन्धनले मुलुकको विकास र समृद्धिको बाटो नबन्ने बताएका छन्। नेपाली कांग्रेसले विकास र समृद्धिलाई ओझेलमा पारेर सत्ता स्वार्थका लागि गठबन्धन गरेको उनको टिप्पणी छ। उनले १० महिनाको अवधिमा मुलुकमा असाधारण संकटमा गएको समेत औँल्याए। 

‘मुलुक अहिले असाधारण घाटामा गएको छ, एमाले नेतृत्वको सरकारमा विदेशी संचिती धेरै राम्रो थियो,’ उनले भने, ‘कोभिडको समयमा जति पनि पुँजीगत खर्च गर्न सकेको छैन।' उनले विकास खर्च गर्न सरकार कमजोर भएको, विदेशी रेमिट्यान्स अवैध रूपमा आउनेक्रम बढिरहेको आरोप लगाए। उनले नेपाली रुपैयाँ बजार र बैंक दुवैमा नरहेको बताए। 

‘सरकारको गलत नीतिका कारण आर्थिक क्षेत्र संकटमा पारेको छ,’ उनले भने।  संघीय सरकारले राजस्वको अस्वाभाविक हेरफेर गर्ने, आयातलाई प्रवर्द्धन गर्ने र दलाल नोकरशाहीलाई फाइदा पुग्ने बजेट आएको उनले बताए। ‘नेपालको इतिहासमा अहिले हामी सबैभन्दा ठूलो आर्थिक संकटमा छौं, बैङ्किङ कारोबार गर्न नसक्ने, मूल्यवृद्धि अत्यधिक बढेको छ,’ उनले भने।

प्रकाशित: Jun 15, 2022| 13:21 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।