सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एसपीपी सम्झौता हुँदैन, आठ वर्षअघिको प्रस्तावलाई लिएर अहिले विवाद झिकियो : देउवा

एसपीपी सम्झौता हुँदैन, आठ वर्षअघिको प्रस्तावलाई लिएर अहिले विवाद झिकियो : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सार्वभौमकितामाथि प्रश्न उठ्ने गरी सरकारले कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सार्वभौमकितामाथि प्रश्न उठ्ने गरी सरकारले कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बारे आलोचना बढेपछि प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन्। 

National life

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूसँग उनले अमेरिकासँग त्यसप्रकारको कुनै सम्झौता नगर्ने बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग बालुवाटारमा भएको छलफलका क्रममा देउवाले एसपीपी सम्झौताबारे सार्वजनिक भएका कुरामा सत्यता नभएको बताएका छन्।

नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै पत्रकारहरुसँग भने, ‘मुलुकको हितमा नहुने सम्झौता म गर्दै गर्दिनँ। सबैको सहमति नहुने विषयमा सम्झौता हुँदैन। कसैले गर् भन्छ भने पनि गर्दिनँ।’

सन् २०१५ मै अमेरिकाले प्रस्ताव गरेको कार्यक्रमबारे अहिले सुनियोजित रुपमा विवाद झिकिएको देउवाले बताएका थिए। अमेरिकाले एसपीपी सम्झौता गर्न कुनै दबाब नदिएको पनि देउवाको भनाइ छ। प्रचण्ड र नेपालले सम्झौताबारे प्रश्न उठेकोले यथास्थितिमा सम्झौता गर्न नहुने सुझाव दिएका छन्। 

प्रकाशित: Jun 15, 2022| 13:12 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...