सोमबार, असार ८, २०८३

राप्रपा भन्छ- स्वतन्त्र चुनावी सरकार गठन हुनुपर्छ

राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै स्वतन्त्र चुनावी सरकार गठनको माग गरेका हुन्।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वतन्त्र चुनावी सरकार गठन हुनुपर्ने माग गरेको छ।

National life

राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै स्वतन्त्र चुनावी सरकार गठनको माग गरेका हुन्।

विशेष समय लिई बोलेका लिङदेनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन स्वतन्त्र सरकार गठबनको गरिनुपर्ने बताएका छन्।

यसका साथै उनले एमसीसी हतारमा पारित गरिएको र त्यसँसगै अरू कुरा ताँती लागेर आउने दाबी गरे।

'बहुमतको बलमा हतार गरेर एमसीसी पास गरियो। त्यसका पछि धेरै कुरा ताँती लागेर आउँदै रहेछन्। फेरि सरकारले सोही प्रकारको गल्ती किन दोहोर्‍याइरहेको छ?,' उनको प्रश्न छ।

Shivam cement

उनले सरकारले केटाकेटी व्यवहार गर्ने गरेको आरोप समेत लगाएका छन्। उनले सरकारको केटाकेटी व्यवहारले असंलग्न परराष्ट्र नीतिमा नेपालको असन्तुलन पैदा हुने चिन्त व्यक्त गरेका छन्।

प्रकाशित: Jun 15, 2022| 12:19 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...