मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले आजै संसद्‌मा जवाफ दिनुपर्छ : गगन थापा

एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले आजै संसद्‌मा जवाफ दिनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका छ्न्।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका छ्न्।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै थापाले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रस्तावबारे सरकारसँग जवाफ माग गरेका हुन्।

‘नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारीमा नेपाल सहभागी हुन पाउँदैन र सक्दैन। नेपाली कांग्रेस र नेपाल यस्ता प्रकृतिको सम्झौतामा सहभागी हुन सक्दैन। प्रधानमन्त्रीले आजैको संसद्‌मा आएर यसबारेमा जवाफ दिन सभामुखसँग माग गर्दछु,’ उनले भने।

नेपालले सबै शक्ति राष्ट्रसँग मिलेर काम गर्ने भए पनि बाह्य सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन नपाउने थापाले बताए।

उनले यस विषयमा समाचारहरू प्रशस्त आएका भन्दै विगतदेखिका रक्षामन्त्री सकारात्मक रहेको भनिएको पनि सुन्नमा आएकाले सदनमा जवाफ प्रष्ट आउनुपर्ने बताए। 

प्रकाशित: Jun 15, 2022| 12:06 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...