सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदीप ज्ञवालीको आरोप- परराष्ट्र सम्बन्धमा सरकारले सन्तुलन गुमायो

प्रदीप ज्ञवालीको आरोप- परराष्ट्र सम्बन्धमा सरकारले सन्तुलन गुमायो

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले वर्तमान सरकार परराष्ट्र सम्बन्धको व्यवस्थापनमा नराम्ररी चुकेको आरोप लगाएका छन्।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले वर्तमान सरकार परराष्ट्र सम्बन्धको व्यवस्थापनमा नराम्ररी चुकेको आरोप लगाएका छन्।

National life

अमेरिकी सेनासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सहकार्यको तयारीमा पुगेको भन्दै वर्तमान सरकारले नेपालको परराष्ट्र सम्बन्धमा सन्तुलन गुमाएको आरोप लगाए।

'सभामुख महोदय, मैले परराष्ट्रसम्बन्धीका विषयमा यसअघि नै प्रश्न उठाएको थिए। त्यसयता सरकारको परराष्ट्र सम्बन्धलाई लिएर सदनमा लगातार प्रश्न उठिरहेका छन्। हिजो अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्रामका विषयमा केही ड्राफ्ट सार्वजनिक भएको छ। कम्तीमा पनि यो सरकार यो हदसम्म पुग्छ भन्ने कसैले पनि अनुमान गरेका थिएन,' उनले भने।

उनले प्रदेश प्रहरीको परिकल्पना गरिरहेको समयमा कुनै देशको राष्ट्रिय आर्मीले हाम्रो प्रदेश प्रहरीसँग सम्झौता गर्छ भन्दै उनले प्रश्न गरेका छन्। उनले सरकारले नेपाली सेनाको अपमान गरेको आरोपसमेत लगाए।

'नेपाल सरकारले कुन हिसाबले नेपाली सेनाको अपमान गर्ने परिकल्पना गर्‍यो?,' उनी भन्छन्। उनले नेपाली सेनाको विश्वभर छुट्टै इज्जत रहेको बताए। 

Shivam cement

प्रकाशित: Jun 15, 2022| 11:58 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...