शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • विमला वली प्रकरण : बजेट प्रस्तुत हुने दिन संसद् अवरुद्ध गर्ने एमालेको तयारी

विमला वली प्रकरण : बजेट प्रस्तुत हुने दिन संसद् अवरुद्ध गर्ने एमालेको तयारी

विमलाले प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती भण्डारीलाई घरमै पुगेर आफ्नो श्रीमान‍्भन्दै कुटपिट गरेकी थिइन्। दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राज्यमन्त्री ओलीलाई राति बुटवल पठाइएको जानकारी दिए।
 |  बुधबार, असार १, २०७९

विनोद परियार

विनोद परियार

बुधबार, असार १, २०७९

बुटवल- लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई मुख्यमन्त्रीको आग्रहमा बुटवल ल्याइएको छ। मंगलबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की २७ वर्षीया मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि हातपात गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा राखेको थियो। 

triton college

विमलाले प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती भण्डारीलाई घरमै पुगेर कुटपिट गरेकी थिइन्। दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राज्यमन्त्री वलीलाई राति बुटवल पठाइएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले घटनाका बारेमा अनुसन्धान भइरहेको बताउँदै उनले राज्यमन्त्री तत्काल मुख्यमन्त्री कार्यालय बुटवल गएको बताए। ‘राज्यमन्त्रीलाई हामीले यतिकै पक्राउ गरेर अनुसन्धान गर्न मिल्दैन। सभामुखसँग अनुमति लिनुपर्छ। अन्य केही कानुनी प्रावधान पनि छन्,’ एसपी काफ्लेले भने, ‘घटनाका बारेमा हामीले सुक्ष्म अनुसन्धान गरिरहेका छौं। जाहेरी आएको छ, त्यसको पनि अध्ययन भइरहेको छ।’ उनका अनुसार राज्यमन्त्री वलीले कुटपिट गरी अभद्र व्यवहार गरेको भन्दै मीना भण्डारी बस्नेतले प्रहरीमा जाहेरी दिएकी छन्। तर, प्रहरीले भने आवश्यक अनुसन्धान गरेर मात्रै दर्ता गर्ने बताएको छ। 

बुधबार लुम्बिनी प्रदेशसभामा बजेटसमेत पेस हुने कार्यसूची रहेको छ। स्वास्थ्य तथा जनसंख्या परिवार कल्याण राज्यमन्त्री वली संसदमा बजेट पेस हुँदा सहभागी हुनुपर्ने भन्दै मुख्यमन्त्रीले प्रहरीलाई आग्रह गरेका थिए। घटनाका बारेमा प्रहरी प्रमुख काफ्लेले संवेदनशील रूपमा अनुसन्धान भइरहेको बताएका छन्।

तर, तत्काल जाहेरी लिएर अनुसन्धान गर्न भने प्रहरीले आनाकानी गरेको पीडितको आरोप छ। प्रहरी प्रमुख काफ्लेले राज्यमन्त्री वली अन्य बेलामा पनि एकराजको घरमा जाने-आउने क्रम भइरहेको खुलेको बताए। ‘घटनाक्रम फरक छ, हामी अनुसन्धानमै छौं,’ प्रहरी प्रमुख काफ्लेले भने, ‘अनुसन्धानपछि हामी सबै कुरा सार्वजनिक गछौं।’ 

corrent noodles
Metro Mart

दाङ प्रहरीले राज्यमन्त्री वलीलाई मुख्यमन्त्री कार्यालयमा पठाइएको जनाएको छ। तर, प्रदेश सरकारले भने यसबारेमा केही बोलेको छैन। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री तिलकराम शर्माले मंगलबार छानबिन गर्ने प्रतिक्रिया दिएका थिए। तर, बुधबारदेखि भने सरकारले कुनै पनि कुरा बताएको छैन। मन्त्री र माओवादी नेताहरूले समेत प्रतिक्रिया दिन चाहेका छैनन्। 

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले वली बुटवल आएको स्वीकार गर्दै बिरामी भएकाले अस्पताल भर्ना गरिएको बताए। तर, अस्पताल कुन भनेर उनले खुलाएनन्। ‘बिरामी पनि हुनुहुन्छ, उपचारका लागि बुटवल आउनुभएको जानकारी छ। थप कुरा पछि गरौंला,’ उनले भने। 

 विपक्षी आक्रामक बन्दै 

नेकपा एमालेका महासचिव तथा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल निकट उत्तरकुमार वलीकी श्रीमती हुन् विमला। श्रीमान् उत्तरको सवारी दुर्घटनामा मृत्यु भएपछि भएको उपचुनावमा पोखरेलकै बलमा उत्तरकी श्रीमती विमलाले दाङ ३ को 'ख'बाट उपनिर्वाचन लडेकी थिइन्। उनले तत्कालीन नेकपाबाट सूर्य चुनाव चिन्हबाट निर्वाचन जितिन्। 

एमाले र माओवादी एकतापछि बनेको नेकपा कार्यकालकै अवधिमा विमलाको प्रदेश सांसद दामा शर्मासँग हिमचिम बढ्यो। यही हिमचिमले माओवादी पृष्ठभूमिका नेताहरूसँग उनको घनिष्ठता बाक्लियो। जब तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरे, त्यसपछि नेकपामा विभाजन सुरु भयो। 

फागुन २३ गते सर्वोच्चले एकता भएको नेकपालाई फेरि नेकपा एमाले र माओवादीकै रूपमा रहने फैसला गर्‍यो। यो फैसलापछि सांसद विमला वलीले माओवादी पार्टी रोजिन्। सत्ता राजनीतिको जोडघटाउमा विमला एमाले र माओवादीको तानातानमा परिन्। त्यही तानातानबाटै वलीले राज्यमन्त्री हुने अवसर पाइन्। 

एमाले नेतृत्वको सरकार अल्पमतमा पर्नुमा विमला पनि एउटा निर्णायक पात्र हुन्। नेकपा एमालेले एक महिना अघिसम्म सूर्य चुनाव चिन्हबाट निर्वाचन लडेर पार्टी निर्णय विपरीत माओवादीमा गएको भन्दै कारबाहीको माग गर्दै प्रदेशसभा अवरुद्ध गर्दै आएको थियो। उनीसहित स्वतन्त्र तर सूर्य चुनाव चिन्हबाट निर्वाचन जितेका अर्का मन्त्री अजय शाहीको विरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन छ। 

विपक्षी एमालेले त्यसै त विमलालाई कारबाहीको माग चर्काउँदै आएको थियो। अहिले राज्यमन्त्रीको जस्तो पदमा बसेको व्यक्तिले एउटी महिलालाई श्रीमान् खोइ भन्दै घरमै पुगेर कुटपिटमा उत्रिएको भन्दै तत्काल कारबाही गर्न एमालेले माग गरेको छ। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भूमेश्वर ढकालले आफूहरूको शीर निहुरिएको भन्दै तत्काल राजीनामा दिनुपर्ने अडान लिएको बताए। 

बुधबार संसदमा बजेट पेस गर्ने कार्यसूची छ। यस्तो अवस्थामा राज्यमन्त्री नै कुटपिटमा संलग्न भएको घटना सार्वजनिक भएपछि एमालेले सदनमा अवरोध गर्ने तयारी गरेको छ। एमालेले अहिलेसम्म त केही बताएको छैन। तर, राज्यमन्त्री वलीलाई बर्खास्त नगरे सदन चल्न नदिने अडान राख्नसक्ने आंकलन गरिएको छ। 

एमाले संसदीय दलको बैठक दिउँसो २ बस्ने र राज्यमन्त्री वलीको घटनाका बारेमा निर्णय गर्ने एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले बताए। प्रदेशसभा बैठकका लागि एमाले लुम्बिनी संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल समेत बुटवलमा छन्।

प्रकाशित: Jun 15, 2022| 11:41 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।