मंगलबार, साउन २६, २०८३

जिसस बर्दियामा कांग्रेसको प्यानलै विजयी

जिसस उपप्रमुख र सात सदस्यमा पनि कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

बर्दिया-  अन्य दलको उम्मेदवारी नपरेपछि जिल्ला समन्वय समिति बर्दियाको प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन्। जिसस उपप्रमुख र सात सदस्यमा पनि कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।

आठ स्थानीय तह रहेको बर्दियामा जिससका लागि अन्य दलको उम्मेदवारी नपरेपछि कांग्रेसले प्यानल नै जितेको हो।

जिसस उपप्रमुखमा अमिताकुमारी यादव चयन भएकी छन्। सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, विमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

प्रकाशित: Jun 15, 2022| 09:42 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...