आइतबार, भदौ २८, २०८३

रोल्पा र रुकुममा भूम्या पर्व मनाउन आज सार्वजनिक बिदा

स्थानीय मगर समुदायले यस पर्वलाई प्रत्येक वर्ष वर्खा सुरु भएसँगै असारको पहिलो साता प्रकृति पूजाको रुपमा यो पर्वलाई मनाउने प्रचलन छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

बुटवल- लुम्बिनी प्रदेशको  रोल्पा र रुकुम पुर्वमा बुधबार भूम्या (नाम्क) पर्व मनाइँदै छ। मगर समुदायमा प्रचलित यो पर्वमा स्थानीय महिला, पुरूष तथा बालबालिका आफ्ना परम्परागत भेषभूषा- गुन्यू चोली, धरो, पछ्यौरी,गाडो, गरगहनामा सजिने गर्छन्।

स्थानीय मगर समुदायले यस पर्वलाई प्रत्येक वर्ष वर्खा सुरु भएसँगै असारको पहिलो साता प्रकृति पूजाको रुपमा यो पर्वलाई मनाउने प्रचलन छ। 

परापूर्व कालदेखि १८ मगरात क्षेत्रमा बसोबास गर्ने मगरसहित अन्य जातिले हर्षोल्लासका साथ एक सातासम्म धुमधामले मनाउने गरेका छन्। लुम्बिनी प्रदेशको रोल्पा रुकुम सहित मगर समुदायको बाक्लो बस्ती भएको क्षेत्रमा भूमे पर्वको रौनक छ। 

अन्न बालीको राम्रो उब्जनी, प्राकृतिक विपत्तिबाट जोगाउन, घर परिवारमा निरोगिता, आफन्तमाझ सामाजिक सदभाव राख्न पर्व मनाउने गरिएको जानकारहरु बताउछन। यसैबीच लुम्बिनीको बिशेषताको रुपमा रहेको भूमे पर्वको अवसरमा मुख्यमन्त्री कुलप्रसाद केसीले शुभकामना दिएका छन्। 

लुम्बिनी प्रदेश बहुजाती, बहुभाषिक र बहु सँस्कृतिले भरिपूर्ण भएको उल्लेख गर्दै मुख्यमन्त्री केसीले शुभकामना सन्देश जारी गर्दै भूमे पर्व साँस्कृतिक पर्व भएको बताएका छन्। 'भूम्या पर्व २०७९ को अवसरमा प्रदेशबाशीको हर्ष, उल्लास र सद्भावपूर्ण भावना कायम रहोस् भन्दै समृद्ध प्रदेश निर्माणका लागि सबै प्रदेशबासी एवं सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु्,' केसीद्धारा जारी वक्तव्यमा भनिएको छ। लुम्बिनी प्रदेश सरकारले रोल्पा र रुकुम पूर्वमा बुधबार सार्वजनिक विदा दिएको छ।

प्रकाशित: Jun 15, 2022| 09:10 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।