मंगलबार, चैत १७, २०८२

प्रदेश १ ले ३८ अर्बको बजेट ल्याउँदै

आर्थिक मामिला तथा कानून मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश सभामा बुधबार दिउँसो निर्वाचन लक्षित करिब ३८ अर्बको बजेट ल्याउने भएका हुन्।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

विराटनगर- प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिव ३८ अर्बको बजेट ल्याउने भएको छ। प्रदेश र प्रतिनिधिसभाको निर्वाचन लक्षित प्रचारात्मक योजनाहरुमा केन्द्रित भएर बजेट ल्याउन लागिएको बताईएको छ।  

National life

आर्थिक मामिला तथा कानून मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश सभामा बुधबार दिउँसो निर्वाचन लक्षित करिब ३८ अर्बको बजेट ल्याउने भएका हुन्। निर्यातलाई प्रवर्द्धन गर्ने गरी बजेट आउने मन्त्री आङ्बोले जानकारी दिए। कृषि, उद्योग, रोजगारी सिर्जनालाई प्राथमिकता दिँदा उत्पादकत्व वृद्धि हुने, रोजगारी सिर्जना हुने र आयात प्रतिस्थापन हुने खालको बजेट तयारी भएको उनको भनाई छ। 

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गरि आयात प्रतिस्थापन गर्ने र प्रदेशलाई कृषि उपजमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने नीति तथा कार्यक्रम मार्फत प्रदेश सरकारले घोषणा गरेको थियो। 

चालू आर्थिक वर्षको भन्दा २० प्रतिशतले बजेटको आकार बढ्न लागेको मन्त्री आङ्वोले जानकारी दिए। चालू आर्थिक वर्षको बजेट ३२ अर्ब ४६ करोडको थियो। यसमा २० प्रतिशत बढ्दा प्रदेश १ को आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ३८ अर्ब ९० करोड हाराहारी पुग्ने देखिन्छ।

१ नम्बर प्रदेश निर्यातमा अन्य प्रदेशभन्दा अगाडि भएको कारण निर्यातलाई प्रवर्द्धन गर्ने गरी बजेटको तयारी भइरहेको मन्त्री आङ्बोले बताए। कृषि क्षेत्रमा प्रदेश सरकारले उत्पादनको आधारमा अनुदान कार्यक्रम पाइलट प्रोजेक्टको रुपमा लागू गर्ने भएको छ। प्रदेश १ सरकारले अहिलेसम्ममा ६० प्रतिशत माथि पूँजीगत खर्च गरेको जनाएको छ।

kumari

प्रकाशित: Jun 15, 2022| 08:45 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।